जब महिलाले आफूलाई कुखुरा ठानिन्
बेल्जियमको केयू ल्यूभेन युनिभर्सिटीका डाक्टरले ५४ वर्षीया महिलाले आफूलाई कुखुरा ठानेर त्यस्तै व्यवहार गरेको रोचक घटनाबारे जानकारी दिएका छन् ।
नाम नखुलाइएकी ती विवाहित महिलाको एक फार्मेसीमा राम्रै जागिर थियो । उनी हालसम्म मदिरा र ड्रग्स केहीको लतमा परेकी छैनन् । एकदिन उनका भाइले आफ्नी दिदीलाई कुखुराले झैं कराइरहेको भेटे । दिदीले गाला फुलाइरहेको र कुखुराले झैं व्यवहार गरेर कराएको देखेपछि उनका भाइले उनलाई नजिकैको अस्पताल पुर्याए । अस्पताल पुगेपछि ती महिलाले डाक्टरलाई आफू कुखुरा भएको र खुट्टामा नयाँ अनुभव भइरहेको बताइन् ।
ती महिलामा एकाएक जोआनथ्रोपी देखिएको थियो । जोआनथ्रोपी एक मानसिक विकार हो जसबाट पीडित मानिसले आफू कुनै जनावर भएको ठान्छन् । ती महिलाको शल्यक्रिया गरियो तत्पश्चात् उनी आफ्नो पुरानै परिचयमा फर्किएकी छिन् र आफूले गरेको त्यो रोचक व्यवहार उनलाई याद नै छैन । जब उनको परिवारले उनलाई अस्पताल ल्याउनुको कारण बारे बतायो तब उनी निकै लज्जित भएको डाक्टरको रिपोर्टमा उल्लेख गरिएको छ ।
यो महिलाको हकमा उनी आफ्नो परिवारको सदस्य गुमाएका कारण डिप्रेशनमा परेको र उनी जोआनथ्रोपीबाट ग्रसित भएको हुनसक्ने डाक्टर बताउँछन् । तर यस्तै स्थिती उनका अन्य आफन्तमा पनि देखिएको जानकारी दिइएको छ । – अडिटी सेन्ट्रल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टर्कीएका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
काठमाडौँको ठुलो भर्याङबाट नक्कली परीक्षार्थी पक्राउ
-
शनिबारदेखि साइग्रेसको ‘वर्ड टुर विद् साइग्रेस’
-
लोकसभा निर्वाचनः दोस्रो चरणमा १३ राज्यमा ८८ सीटमा मतदान सुरु
-
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर