समन्वय गरेरमात्र कोरोना संक्रमितलाई अस्पताल पठाउन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आग्रह
काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले समन्वय गरेरमात्र कोरोना संक्रमित बिरामीलाई सो अस्पतालमा उपचारका लागि पठाउनु अघि नै अस्पतालका समन्वयकर्तासँग समन्वय गर्न सार्वजनिक अपिल गरेको छ ।
प्रतिष्ठानले बुधबार विज्ञप्ति जारी गर्दै कतिपय ठाउँबाट समन्वयकर्तासँग सम्पर्क नै नगरी संक्रमितलाई सिधै अस्पताल पठाइदिने गर्दा त्यस्ता बिरामीलाई राख्ने शैय्याको अभावमा घण्टौंसम्म बिरामी अलपत्र पर्ने परिस्थिति हुन सक्ने भन्दै संक्रमितलाई अस्पताल पठाउनु अघि नै समन्वयकर्तासँग सम्पर्क गरेरमात्र पठाउन आग्रह गरेको हो ।
समन्वय विना नै बिरामीलाई अस्पताल पठाएमा त्यसबाट सिर्जना हुने परिस्थितिको जिम्मेवार सम्बन्धित व्यक्ति वा संस्था स्वयं हुने पनि प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार हालसम्म प्रतिष्ठानमा ३६६ जनाभन्दा बढी संक्रमितलाई र ५६ जना शंकास्पद संक्रमित व्यक्तिलाई सेवा प्रदान गरिसकिएको छ । तीमध्ये २८३ जना अस्पतालबाट डिस्चार्ज भइसकेको उनले जनाए । प्रतिष्ठानमा हालसम्म १० जना बिरामीलाई मात्र आइसीयुमा राख्नु परेको जनाइएको छ ।
हाल प्रतिष्ठानमा ८१ जना संक्रमितको उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण