अयोध्यामा राममन्दिर शिल्यान्यास भएको अवसरमा पशुपतिमा दीप प्रज्वलन

person explore access_timeसाउन २२, २०७७ chat_bubble_outline0

राम मन्दिर शिलान्यासका लागि भारतको अयोध्यामा भूमि पूजन भएको अवसर पारेर काठमाडौंको पशुपतिनाथ क्षेत्रमा दीपावली गरिएको छ ।  बुधबार साँझ विश्व हिन्दू परिषद् नेपालले पशुपतिनाथ क्षेत्रस्थित शंकराचार्य मठ अगाडि दीप प्रज्वलन गरेको हो । 
कार्यक्रममा परिषद्का कार्यकर्ता, धार्मिक संघसंस्थाका प्रतिनिधि, बुद्धिजिवि र शुभचिन्तकहरुको उपस्थिती थियो । उनीहरुले हर्षोल्लासपूर्वक दीप प्रज्वलन गरेका थिए ।  बुधबार काठमाडौंका १५ सहित देशभरका ३ हजार स्थानमा दीप प्रज्वलन गरिएको  विश्व हिन्दु परिषद्ले जानकारी दिएको छ । 

पशुपतिमा भएको दीप प्रज्वलनमा सन्त केशवाचर्य जनकपुरधाम जानकी मन्दिरका राम रोशन दास, विश्व हिन्दू परिषद नेपालका उपाध्यक्ष उद्धव घिमिरे, महासचिव जितेन्द्र सिंह, संगठन  सचिव प्रल्हाद कुमार, केन्द्रीय सदस्य लिला राज उप्रेती र हिन्दू स्वयंसेवक संघ विचार परिवारका सदस्यहरुको उपस्थिति थियो । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।