जंगलमा बाघले तर्साएपछि दर्जन बाँदरको हृदयघातका कारण मृत्यु
डेली मेल
एक दर्जन बाँदरलाई भारतको एक जंगलमा मृत अवस्थामा भेटिएको छ । पशु चिकित्सकको दाबी अनुसार बाँदरलाई बाघले तर्साएपछि उनीहरु सबैको हृदयघातका कारण मृत्यु भएको हो ।
स्थानीयले बाँदरको सामूहिक मृत्युको खबर सम्बन्धित निकायलाई दिएका थिए ।
उनीहरुलाई विष खुवाएर मारिएको आशंकामा पोष्टमार्टम गरिएको र रिपोर्टमा यी सबैको एउटै समयमा हृदयघातका कारण मृत्यु भएको बताइएको छ ।
‘ती बाँदरहरु बाघको गर्जनका कारण डराएपछि हृदयघात भएको हुनसक्छ किनभने उक्त स्थानमा बाघ घुमिरहने गर्दछन् ।’
वन विभागका कर्मचारीले बाँदरलाई सोमबार भेटेको र उनीहरुको शरिरलाई पोलिथिन ब्यागमा राखेको बताइएको छ ।
सामूहिक हृदयघातको वन्यजीव विशेषज्ञले आपत्ति जनाएका छन् । उनीहरुले बाँदरको मृत्यु कुनै संक्रमणका कारण भएको दाबी गरेका छन् ।
पशु चिकित्सक डा. विजेन्द्र सिंहले टाइम्स अफ इन्डियालाई भने, ‘बाँदर वन्यजन्तु हुन् त्यसकारण उनीहरुको यसरी मृत्यु हुन असम्भव छ । यी सबै बाँदरलाई सम्भवतः कुनै भयानक संक्रमण भएको हुनसक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण