जापानमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या बढ्दो
एजेन्सी । गर्मी विदा सुरू हुँदै गर्दा जापानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या वृद्धि भइरहेको जापानी अधिकारीले बताएका छन् । जापानमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ५६५ पुगेको स्वास्थ्य मन्त्रालय तथा स्थानीय अधिकारीहरूले जानकारी गराएका छन् ।
यससँगै शनिबार साँझसम्म जापानमा सङ्क्रमित हुनेको सङ्ख्या ४७ हजार ४६४ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढेसँगै ‘बोन फेस्टिवल’को मौसमको बेला आएको भएपनि गृहनगरहरूमा प्रान्तका राज्यपालहरूले मानिसलाई अनावश्यक भेटघाट गर्न निरुत्साहित गरेका छन् ।
जापानको तथ्याङ्कमा डायमण्ड प्रिन्सेस नामक पानीजहाजबाट जापान आएका ७१२ सङ्क्रमितलाई समावेश गरिएको छैन । उक्त जहाज टोकियोको नजिकको बन्दरगाह शहर योकोहामामा क्वारन्टिनमा बस्ने क्रममा सङ्क्रमित भेटिएका थिए ।
जापानमा कोरोनाभाइरस सङ्क्रमणबाट मर्नेहरूको सङ्ख्या अहिले एक हजार ५० पुगेको छ । मृतकमध्ये १३ जना डायमण्ड प्रिन्सेस जहाजका यात्रु रहेका थिए । मन्त्रालयका अनुसार जापानमा कूल १४० सङ्क्रमितमा जटिल समस्या देखिएको र उनीहरूलाई भेन्टिलेटर तथा सघन उपचार कक्षमा राखी उपचार भइरहेको बताइएको छ । शनिबार जापानका ४७ प्रिफेक्चरमध्ये टोकियोमा सबैभन्दा बढी थप ४२९ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण