रौतहटको कटहरिया नगरपालिकामा समुदायमा संक्रमण बढ्यो
रौतहट – रौतहटको सदरमुकाम गौर, राजदेवी नगरपालिकापछि अब कटहरिया बजार पनि कोरोना संक्रमितको ‘हटस्पट’ बनेको छ ।
सोमबार साँझ आएको रिपोर्टका अनुसार कटहरिया नगरपालिकाको वडा ४ र ५ मा २ जना महिलासहित ९ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
रिपोर्ट अनुसार कटहरियाको उपप्रमुख नुरजहां खातुनको श्रीमानमा पनि कोरोना पुष्टि भएको छ ।
त्यसैगरी, कटहरिया ४ हर्षाहाका १ जना ६० बर्षिय पुरुषमा र वडा ५ बजारका दुई जना ४५ बर्षिय पुरुष ,२५ बर्षिया महिला १६ बर्षिया महिला र अन्य २२ देखि २५ बर्षका युवाहरू रहेको कटहरिया नगर प्रमुख सियाराम कुश्वाहाले जानकारी दिएका छन् ।
संक्रमितहरु मध्ये केहि मावी कटहरिया क्वारेन्टाइन र केहि घरमै रहेका छन् ।
मावी कटहरियामा बिश्व स्वास्थ संगठनले तोकेको मापदण्ड अनुसार आइसोलेसन निर्माण गरेर सबै संक्रमितको उपचार सुरु गरिने मेयर कुश्वाहाले बताए ।
त्यसैगरी संक्रमितको सम्पर्कमा आएकाहरुको आजैदेखि पिसिआर जांचको लागि स्वाब संकलन गरिने जनाइएको छ ।
कटहरियामा एकैपटक ९ जना समुदायका मानिसमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेक बजारका सबै व्यापार व्यवसाय बन्द गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण