अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
सारांश
- अमेरिकाको युटा राज्यमा एक भारतीय नागरिकमाथि उनको धार्मिक आस्थाका कारण चक्कु प्रहार भएको छ ।
- मलमा कार्यरत भारतीय नागरिक सैयद सोहैलुद्दीनमाथि पीटर माइकल लार्सन नामक व्यक्तिले करिब १५ पटक चक्कु प्रहार गरेका हुन् ।
- अभियुक्त लार्सनले प्रहरीसमक्ष धार्मिक विश्वासकै कारण ती कर्मचारीलाई निसाना बनाएको स्वीकारेका छन् ।
काठमाडौँ । अमेरिकाको युटा राज्यमा एक भारतीय नागरिकमाथि उनको धार्मिक आस्थाका कारण चक्कु प्रहार भएको छ । सञ्चार माध्यमहरूका अनुसार पीडितमाथि करिब १५ पटक चक्कु प्रहार गरिएको छ ।
यो घटना वेस्ट भ्याली सिटीस्थित भ्याली सिटी मलमा सोमबार दिउँसो भएको हो । मलमा कार्यरत भारतीय नागरिक सैयद सोहैलुद्दीनमाथि पीटर माइकल लार्सन नामक व्यक्तिले चक्कु प्रहार गरेका हुन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार, अभियुक्तमाथि आक्रमण गर्नुअघि ती व्यक्तिसँग उनको धर्म सोधेको आरोप छ । प्रहरीले अभियुक्त पीटर माइकल लार्सनलाई हत्याको प्रयास र प्रतिबन्धित खतरनाक हतियार राखेको अभियोगमा पक्राउ गरेको छ ।
एबीसी न्यूजका अनुसार अदालतको रेकर्डलाई उद्धृत गर्दै रिपोर्टहरूमा अभियुक्त लार्सनले प्रहरीसमक्ष धार्मिक विश्वासकै कारण ती कर्मचारीलाई निसाना बनाएको स्वीकारेका छन्।
आक्रमणबाट गम्भीर घाइते भएका सोहैलुद्दीनलाई तत्काल अस्पताल लगिएको थियो, जहाँ उनको शल्यक्रिया गरिएको छ । अर्कोतर्फ, सो चक्कु प्रहार रोक्नका लागि आसपासका मानिसहरूले आक्रमणकारीलाई कुटपिट गरेका थिए, जसका कारण उनी पनि अस्पताल भर्ना भएका छन्ृ ।
यसैबिच, सान फ्रान्सिस्कोस्थित भारतीय महावाणिज्य दूतावासले युटामा भएको यस घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
महावाणिज्य दूतावासले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै लेखेको छ, ‘हामी पीडितका साथीहरू र परिवारको सम्पर्कमा छौँ र हरेक सम्भव सहयोग उपलब्ध गराउन तयार छौँ । हामी स्थानीय अधिकारीहरूसँग पनि सम्पर्कमा छौँ र यस मामिलामाथि नजिकबाट निगरानी राखिरहेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण