शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

साउन सुरु भएसँगै इन्द्रचोकको पोते बजारमा चहलपहल, तस्बिरहरू

शुक्रबार, ०१ साउन २०८३, १३ : ४९
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • साउन महिना सुरु भएसँगै काठमाडौँको इन्द्रचोकमा रहेको पोते बजारमा चहलपहल निकै बढेको छ ।
  • महिलाहरू हरिया र पहेँला चुरा तथा पोतेको किनमेल गर्न इन्द्रचोक र असन क्षेत्रका पसलहरूमा पुग्न थालेका छन् ।
  • साउन महिनामा प्रकृति हरियाली हुने र हरियो पहिरन तथा चुरापोते लगाउँदा सुख, शान्ति र सौभाग्य प्राप्ति हुने विश्वास छ ।

काठमाडौँ । साउन महिना सुरु भएसँगै काठमाडौँको इन्द्रचोकमा रहेको पोते बजारमा चहलपहल निकै बढ्न थालेको छ । वर्षकै पवित्र महिना मानिने साउनमा विशेष गरी महिलाहरू हरिया र पहेँला चुरा तथा पोतेको किनमेल गर्न इन्द्रचोक र असन क्षेत्रका पसलहरूमा पुग्न थालेका छन् ।

हिन्दु धार्मिक विश्वासअनुसार साउन महिना भगवान् शिवको आराधना गर्ने विशेष समय हो । यस महिनाभरि महिलाहरूले हरियो, रातो र पहेँलो पोते तथा चुरा लगाउने गर्छन् । साउन महिनामा प्रकृति पनि हरियाली हुने र यस समयमा हरियो पहिरन तथा चुरापोते लगाउँदा सुख, शान्ति र सौभाग्य प्राप्ति हुने विश्वास रहिआएको छ ।

पछिल्लो समय यो संस्कृति केवल हिन्दु महिलाहरूमा मात्र सीमित छैन । अन्य धर्म र समुदायका महिला तथा युवतीहरूले पनि साउन महिनामा फेसन र रहरका रूपमा हरियो चुरापोते लगाउने तथा हातमा मेहेन्दी लगाउने गरेको पाइन्छ ।

Pote market_-828

हिन्दु धर्ममा विवाह र सौभाग्यको प्रतीकका रूपमा लिइने पोतेको इतिहास भने निकै रोचक छ । सौभाग्यको सूचक मानिने यो पोते वास्तवमा प्राचीन इरानी गहना हो । नेपालमा भित्रिएपछि यसले नेपाली संस्कृति र परम्परामा अभिन्न स्थान बनाएको छ ।

Pote market_-829

पोते र चुराको व्यापार वर्षैभरि एकनासको हुँदैन । यो मुख्य गरी मौसमी व्यापार हो । साउन महिना, तिज र विवाहको लगन भएका महिनाहरूमा मात्र असन र इन्द्रचोकका गल्लीहरूमा ग्राहकको अत्यधिक भीड लाग्ने गर्छ । बाँकी समयमा भने यहाँको व्यापार सामान्य रहने गर्छ ।

Pote market_-830Pote market_-831Pote market_-832Pote market_-834Pote market_-835Pote market_-836Pote market_-837Pote market_-838Pote market_-839Pote market_-840Pote market_-841

तस्बिर : आभास रञ्जित / नेपाल फोटो लाइब्रेरी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप