आकस्मिक कक्ष सिल
भरतपुर अस्पतालको आकस्मिक कक्ष बन्द (सिल) गरिएको छ । अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक नर्सलाई कोरोना सङ्क्रमण पुष्टि भए पछि आकस्मिक कक्ष सिल गरिएको हो ।
अस्पतालद्वारा जारी सूचनामा अर्को जानकारी नगराइएसम्मका लागि अस्पतालको आकस्मिक कक्ष सिल गरिएको जनाइएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा अस्पतालको सोही कक्षमा कार्यरत २५ वर्षीया नर्समा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
नर्समा सङ्क्रमण देखिएपछि सो कक्ष सिल गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिए । उनले भने, “इमर्जेन्सीमा कार्यरत नर्समा सङ्क्रमण देखिएकाले त्यहाँ रहेका बिरामीलाई अन्यत्र सारेका छौँ, इमर्जेन्सी कक्ष सिल गरेका छौँ ।”
भरतपुरको प्रयोगशालामा बिहीबार परीक्षण गरिएकामध्ये १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । तीमध्ये १५ जनाको स्वाब भरतपुर अस्पतालबाट र एक जनाको पुरानो मेडिकल कलेजबाट लिइएको हो ।
सङ्क्रमण पुष्टि हुनेमा प्रहरीका थुनुवा, एक होटलका कर्मचारी, अस्पतालमा शल्यक्रिया गर्न तयारी गरिएका बिरामीलगायत रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण