मेरो देश र युवा
-मणिकुमार श्रेष्ठ ‘सिजन’
बिहानीको भालेको डाकसँगै
हिँड्नु छ क्षितिज पारिको
यात्रामा ।
यात्रासँगै मौलाएका
ती सङ्गीन मोडहरुमा
फेरि पनि विद्रोहको
राँको बल्न सक्छ
लोकतन्त्र, समाजवाद
अनि
साम्यवादका नाराहरु
गुञ्जयमान हुँदै यहाँ ।
आज योद्धाहरु
न त लोकतन्त्र भन्छन्
न त समाजवाद ।
खै कहाँ छन् साम्यवाद
निराशै–निराशाको राजनीतिक
आन्दोलनमा खटिएका
ती सहिदहरुको
आस्था मेटिँदैछ यहाँ ।
आशाको किरण छर्ने
युवाहरु
राजनीतिक बन्दी जस्तै भएका छन्
साम्यवादी आन्दोलन –जिन्दावाद
समाजवाद –जिन्दावाद
लोकतन्त्र –जिन्दावाद
नाराका पछि लाग्दा लाग्दै
कैयौँ
पुस्ता वितिसक्यो यहाँ ।
लोकतन्त्रको नारा लगाउने
राजनीतिक दलहरु
जहानियाभन्दा कडा
हुँदैछन् ।
राजनीतिक विचार जे भए नि
यहाँ ।
फरक पर्दैन युवाहरुलाई
न त देश हाँक्न दिन्छन्
न त पार्टी नै हाँक्न
केवल युवालाई
भ¥याङ बनाइरहेछन् यहाँ ।
राजनीतिक परिवर्तनका लागि
कर्मठ युवाहरुलाई
कलिलै छन् भन्दै
नेतृत्व दिन आनाकानी हुन्छ यहाँ
केवल पुस्ता फेरिन्छ
विचार फेरिँदैन यहाँ
आमूल परिवर्तनको खातिर
युवा मैत्री बनाउ
राजनीति
अनि बन्छ देश यहाँ ।
दार्शनिकहरु भन्छन्
जुझारु विचार भएका
सबै युवा हुन
तर मेरो देशमा
न त विचारै जुझारु छ
न त शरीर नै मजबुत
युवाको परिभाषा नै फरक
फरक छ यहाँ
बीपीको समाजवाद र
पुष्पलालको जनवाद
मिलाउँदै
देश हाँक्न सक्ने
दुनियाँ बदल्न सक्ने
युवाको खाँचो छ यहाँ ।
परिवर्तनको दौरानमा रहेको
मेरो देशमा
अन्याय र अत्याचारको
विरुद्धमा लड्न सक्ने
पूर्व मेचीदेखि पश्चिम
महाकालीसम्म जोड्न सक्ने
हिमाल, पहाड तराई
आपसमा मिलाउन सक्ने
एक लौह पुरुषको आवश्यकता छ
मेरो देशमा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण