कुशे औंसीको अवसरमा नेपाल टेलिकमको ‘ह्याप्पी लर्निङ प्याक’
काठमाडौं । नेपाल टेलिकमले कोभिड–१९ महामारीको कारण चिन्तित अभिभावकहरुका सन्ततीहरुको पठनपाठनमा उपयुक्त हुने ‘ह्याप्पी लर्निङ प्याक’ भोली भदौ ३ गते बुवाको मुख हेर्ने दिन (कुशे औंसी) को अवसरमा कार्यान्वयनमा ल्याउने भएको छ ।
निकै सस्तो मूल्यमा उपलब्ध हुने सो प्याकेजबाट विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनको माध्यमबाट प्रभावकारी रुपले सञ्चालन गर्न सकिनेछ ।
सो प्याकेज अन्तर्गत तीन सय १५ मा २४ जीबी र पाँच सयमा ३५ जीबी डाटा उपलब्ध हुनेछ । २४ जीबी डाटामध्ये २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स, र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ ।
यसैगरी ३५ जीबी डाटामध्ये ३० जीबी डाटा माथि उल्लिखित जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । यी दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ ।
प्याकेज प्रयोग गर्न चाहने सम्बन्धित शैक्षिक संस्थाहरुले आफ्ना शिक्षक र विद्यार्थीहरुको नेपाल टेलिकमको मोबाइल नम्बरसहितको नामावली कम्पनीले उपलब्ध गराएको इमेल ठेगाना भमगउबअप२लतअ।लभत।लउ मा पठाउनु पर्नेछ ।
सिफारिश प्राप्त भएका नम्बरहरुलाई कम्पनीले एसएमएसमार्फत सन्देश पठाएर प्याकेज खरिद गर्न सुचना दिनेछ । एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट ८ज्ञद्धद्धज्ञ३ डायल गरी उपलब्ध दुईमध्ये कुनै एक छनौट गरी प्याकेज खरिद गर्न सकिने छ ।
ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत प्रयोग गर्न सकिने छ । यो प्याकेज आफूलाई उपयुक्त हुने कुनैपनि समयमा प्रयोग गर्न सकिने छ ।
विद्यार्थी अफर अन्तर्गत ८ज्ञटण्ण्३ मा डायल गरी सिम रजिष्ट्रेसन गर्नुभएका एसईईका विद्यार्थीहरुले पनि नेपाल टेलिकमको आफ्नो सिमकार्ड भएको मोबाइलबाट ८ज्ञद्धद्धज्ञ३ डायल गरी ह्याप्पी लर्निङ प्याक खरिद गर्न सक्नुहुनेछ ।
नेपाल टेलिकमले उपलब्ध गराएका यी प्याकेजहरुबाट ऋयखष्म(ज्ञढ महामारीको असहज परिस्थितिमा पनि अनलाइनबाट पठनपाठन गर्न÷गराउन विद्यार्थी, अभिभावक तथा शिक्षक वर्गलाई थप सहज र मितव्ययी हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण