शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कुशे औंसीको अवसरमा नेपाल टेलिकमको ‘ह्याप्पी लर्निङ प्याक’

मङ्गलबार, ०२ भदौ २०७७, १९ : ४६
मङ्गलबार, ०२ भदौ २०७७

काठमाडौं । नेपाल टेलिकमले कोभिड–१९ महामारीको कारण चिन्तित अभिभावकहरुका सन्ततीहरुको पठनपाठनमा उपयुक्त हुने ‘ह्याप्पी लर्निङ प्याक’ भोली भदौ ३ गते बुवाको मुख हेर्ने दिन (कुशे औंसी) को अवसरमा कार्यान्वयनमा ल्याउने भएको छ । 

निकै सस्तो मूल्यमा उपलब्ध हुने सो प्याकेजबाट विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनको माध्यमबाट प्रभावकारी रुपले सञ्चालन गर्न सकिनेछ ।  

सो प्याकेज अन्तर्गत तीन सय १५ मा २४ जीबी र पाँच सयमा ३५ जीबी डाटा उपलब्ध हुनेछ । २४ जीबी डाटामध्ये २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स, र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । 

यसैगरी ३५ जीबी डाटामध्ये ३० जीबी डाटा माथि उल्लिखित जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । यी दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ । 

प्याकेज प्रयोग गर्न चाहने सम्बन्धित शैक्षिक संस्थाहरुले आफ्ना शिक्षक र विद्यार्थीहरुको नेपाल टेलिकमको मोबाइल नम्बरसहितको नामावली कम्पनीले उपलब्ध गराएको इमेल ठेगाना भमगउबअप२लतअ।लभत।लउ मा पठाउनु पर्नेछ ।  

सिफारिश प्राप्त भएका नम्बरहरुलाई कम्पनीले एसएमएसमार्फत सन्देश पठाएर प्याकेज खरिद गर्न सुचना दिनेछ । एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट ८ज्ञद्धद्धज्ञ३ डायल गरी उपलब्ध दुईमध्ये कुनै एक छनौट गरी प्याकेज खरिद गर्न सकिने छ । 

ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत प्रयोग गर्न सकिने छ । यो प्याकेज आफूलाई उपयुक्त हुने कुनैपनि समयमा प्रयोग गर्न सकिने छ । 

विद्यार्थी अफर अन्तर्गत ८ज्ञटण्ण्३ मा डायल गरी सिम रजिष्ट्रेसन गर्नुभएका एसईईका विद्यार्थीहरुले पनि नेपाल टेलिकमको आफ्नो सिमकार्ड भएको मोबाइलबाट ८ज्ञद्धद्धज्ञ३ डायल गरी ह्याप्पी लर्निङ प्याक खरिद गर्न सक्नुहुनेछ । 

नेपाल टेलिकमले उपलब्ध गराएका यी प्याकेजहरुबाट ऋयखष्म(ज्ञढ महामारीको असहज  परिस्थितिमा पनि अनलाइनबाट पठनपाठन गर्न÷गराउन विद्यार्थी, अभिभावक तथा शिक्षक वर्गलाई थप सहज र मितव्ययी हुने अपेक्षा गरिएको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप