पर्सामा नेपाली सेना सहित १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि
वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली सेना सहित १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १ सय १ जना पुरूष र ४६ जना महिला रहेका छन् । संक्रमित हुनेमा ७ वर्षको बालक देखि ७० वर्षका वृद्ध पुरुष रहेका छन् ।
नारायणी अस्पतालका डाक्टर सिंहले जानकारी दिए अनुसार मंगलबार राती प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका ८ जना, पर्सा जिल्लाका १ सय ३८ जना र सप्तरी जिल्लाका १ जना सहित थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बारा जिल्लामा रहेको श्री चण्डी गणका ४ नेपाली सेना रहेका छन । वीरगन्जमा रहेकोे भारतिय महावाणिज्यदुतावासका ४४ बर्षीय १ जना महिला रहेकी छिन् । वयोधा अस्पलाका विभिन्न वार्डमा कार्यरत ३६ जना कर्मचारी समेतमा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का २ जना, वडा नम्बर ५, १० र १२ का १÷१ जनामा संक्रमण पुष्टि भएको छ ।
पर्सा जिल्लाको बहुदरमाइ नगरपालिकाका विभिन्न वडाका ९० जना रहेका छन् । निराभवानी गाँउपालिका वडा नम्बर २ र ३ का ४ जना, छिपहरमाइ गाँउपालिका वडा नम्बर ५ निवासी २० बर्षकी युवती रहेकी छिन् ।
त्यसैगरी बारा जिल्लाका विभिन्न ठाउँका ४ जना र सप्तरी जिल्ला वडा नम्बर २ निवासी १८ बर्षका युवकमा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर सिंहले बताए ।
साउन ३० गते देखि भदौ ०२ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा १ सय ४७ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण