अर्घाखाँचीमा एक हप्ता लकडाउन
बुधबार, ०३ भदौ २०७७, १५ : ३२
अर्घाखाँची । जिल्लामा आज बिहान ६ बजेदेखि एक हप्ताका लागि स्थानीय प्रशासनले लकडाउन गरेको छ । कोराना सक्रमण बढ्दो रूपमा देखिएपछि जिल्ला प्रशासन कार्यालयको संयोजनमा भएको सर्वपक्षीय बैठकले लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।
जिल्लामा हाल तीन कोरोना संक्रमित छन् । संक्रमित हुनेमा भूमिकास्थान नगरपालिकाका दुई र शीतगंगा नगरपालिकाका एक पुरुष छन् । उनीहरु हाल स्थानीयत हले निर्माण गरेको क्वारेन्टिनमा बसेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले बताए ।
जिल्लामा रहेका ३३० संक्रमितमध्ये तीन जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए । निको भएर घर फर्कनेको संख्या ३२४ छ । जिल्ला बाहिर तथा भारतबाट आएका १६१ जना विभिन्न क्वारेन्टिनमा बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण