बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

‘भारतीय पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था झन् कमजोर’

बुधबार, ०३ भदौ २०७७, १९ : ३२
बुधबार, ०३ भदौ २०७७

एजेन्सी । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था ह्रासोन्मुख देखिएको भारतीय राजधानी नयाँ दिल्लीमा रहेको आर्मी रिसर्च एण्ड रिफरल हस्पिटलले जनाएको छ । भारतीय पूर्वराष्ट्रपति मुखर्जी केही समय अघि सो अस्पतालमा भर्ना भएका थिए । उनी अहिले पनि उपचाररत रहेका छन् । तर पछिल्ला केही दिनहरुमा उनको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै गएको उक्त सैनिक जनाएको छ ।

उक्त अस्पतालले दिएको जानकारीअनुसार बुधबार उनलाई फोक्सोमा सङ्क्रमण देखिएको छ ।  फोक्सोमा देखिएको सङ्क्रमणका कारण उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको सो अस्पतालले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा जनाएको छ ।
 
उनलाई अहिले पनि भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । अवस्था झन् कमजोर हुदै गएपछि उनलाई भेन्टिलेटरबाट झिक्ने अवस्था नरहेको पनि सो अस्पतालले जनाएको छ । उनलाई गएको अगष्ट १० मा सो अस्पतालमा भर्ना गरिएको थियो । त्यस लगत्तै उनको मष्तिष्कको शल्यक्रिया गरिएको थियो । 

शल्यक्रियाको केही दिनपछि उनलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो । त्यसपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको बताइएको छ । केही दिनमात्र अघि पनि सो अस्पतालले उनको स्वास्थ्य अवस्था कमजोर र स्थिर रहेको बताएको थियो । 

तर आज बिहान मात्र पनि पूर्वराष्ट्रपति मुखर्जीका छोरा अभिजित मुखर्जीले भने आफ्नो बुबाको स्वास्थ्य अवस्थामा सुधार आएको बताएका थिए । उनले ट्वीट गरेर आफ्नो बुबाको स्वास्थ्य अवस्थामा केही सुधार आएको भन्दै सो अस्पतालका चिकित्सकहरुलाई धन्यवाद दिएका थिए । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप