जमिनमा छरिएका थिए अरबौंको नोट, तर यसकारण गर्न सकिन्न खर्च
एक समूहले रुसको सेन्ट पिटर्सबर्गको उजाड स्थानमा एक अर्ब रुबेल (रुसी मुद्रा) भेटेका छन् । अहिलेको विनिमय दरका अनुसार १८० करोड रुपैयाँ हुन्छ । तर यतिधेरै पैसाको खोजी गर्ने व्यक्तिहरुलाई भने पैसा भेटेकोमा कुनै खुसी छैन किनभने यो नोट अहिले कागज बराबर भएको छ । पूर्व सोभियत संघको पालाको यो नोट अब प्रचलनबाट बाहिरिसकेको छ । पैसा भेटिएको स्थान राजधानी मस्कोबाट १ सय ६० किलोमिटर टाढा, भ्लादिमीर क्षेत्रमा छ । यो एक पुरानो खानी हो जहाँ सोभियत संघका बेला मिसाइल राखिन्थ्यो । पैसा भेट्टाउने समूहले उक्त इलाकामा थुप्रै पैसा गाडिएको छ भन्ने खबर सुनेपछि यसको खोजबिनका लागि पुगेका थिए ।
के कतैबाट बगेर आएका थिए नोट ?
उक्त जानकारी सार्वजनिक हुनेबित्तिकै देशभरका मिडियामा चर्चा हुनथाल्यो । पुरातत्व विभागका अधिकारीले अनुसन्धानपश्चात् उक्त नोट सोभियत संघको पालाको बताए । ती नोटलाई सन् १९६१ देखि १९९१ का बिच जारी गरिएको थियो । यद्यपी, अब ती नोटको कुनै मूल्य छैन ।
केही विशेषज्ञका अनुसार यो नोट जुन स्थानमा भेटियो त्यहाँ कुनै बेला मिसाइल राखिने गरेको बताए । यद्यपी, अब उक्त स्थानको पहिचान खानीको रुपमा भएको छ ।
एक अनुमानका अनुसार केही वर्ष पहिले बाढी आएको थियो, त्यही बाढीमा नोट बगेर खानीसम्म पुगेको हुनसक्छ ।
स्थानीय मानिसका अनुसार जुन खानीमा नोट भेटिएको थियो त्यस वरिपरि कोहीपनि बस्ने हिम्मत गर्दैन । उक्त स्थानमा कुनैबेला सोभियत संघको ब्यालेस्टिक मिसाइल कार्यक्रम चल्दथ्यो जसका कारण पूरा क्षेत्र रेडिएशनबाट प्रभावित छ ।
एक अधिकारीका अनुसार सोभियतको पालामा सय रुबल तलबलाई पनि निकै राम्रो मानिन्थ्यो । त्यस्तो अवस्थामा पनि यति धेरै नोट कोसँग थियो र किन यसरी छोडियो भन्ने बारे कसैलाई पनि थाहा छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण