आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बेलायती राजकुमारमाथि यौन दुराचारको अभियोग

मङ्गलबार, ०९ भदौ २०७७, १७ : २१
मङ्गलबार, ०९ भदौ २०७७

एजेन्सी । बेलायती राजकुमार एन्ड्रियुमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । उनी महारानी एजिलावेथका कान्छा छोरा तथा युवराज चाल्र्सका भाई एन्ड्रियु डुक अफ योर्क भनेर पनि चिनिन्छन् । दुुई फरक महिलासँगको सम्बन्धका कारण यतिबेला उनी विवादमा मुछिएका छन् । 

बाल दूराचारी जेफ्री इप्सटाइनको आदेशपछि आफ्नी साथी राजकुमारसँग सुत्न जान बाध्य भएको एक पूर्व मोडलले खुलासा गरेकी छिन् । ४२ वर्षीय लिसा फिलिप्सले आफ्नी साथीको नाम नखुलाउने शर्तमा यस्तो खुलासा गरेकी हुन् । 

वृत्तचित्रमार्फत खुलासा 
मंगलबारबाट डिजिटल च्यानल क्राइम प्लस इन्भेस्टिगेनमा प्रशारण सुरु भएको चार भाग लामो वृत्तचित्र ‘सरभाईभिङ जेफरी इप्सटाइन’ को पहिलो शृंखलामै फिलिप्सले आफ्नी साथीमाथि भएको अन्यायबारे सनसनीपूर्ण खुलासा गरेकी हुन् । फिलिप्सकाअनुसार त्यस समय उनकी साथी २० वर्षको हाराहारीमा थिइन् ।

अर्बपति इप्सटाइनसँग फिलिप्सको पहिलो भेट २० वर्षअघि क्यारेबियनमा भएको थियो, जहाँ आफ्नो फोटोसुट सकेपछि उनले इप्सटाइनका एक साथीसँग बसेर कुराकानी गरेकी थिइन् ।  उनले भनेकी छिन्, ‘मैले इप्सटाइनलाई धेरै चार्मिङ र राम्रो मान्छेका रुपमा पाएँ । त्यस भेटमा मैले ‘म पनि इङल्यान्ड बस्थें भनेर बताएँ ।’ त्यसपछि उनले सोधे– ‘के तिमी राजकुमारलाई भेट्न चाहन्छौं ?’ 

फिलिप्सले भनिन्, ‘त्यसपछि इप्सटाइनले नै राजकुमार एन्ड्रियुका रुपमा उनीसँगै बसेका ती साथीको परिचय मसँग गराए ।’ फिलिप्सका अनुसार क्यारेबियन टापूमा इप्सटाइनले उनीसँग कुनै नराम्रो व्यवहार गरेनन्, त्यसैले उनीहरुबीच च्यारिटी इभेन्टस्, पार्टी र नाटकघरमा पनि भेट भयो । 

तर यहीबीचमा २००४ मा फिलिप्समार्फत इप्सटाइनसँग नजिक भएकी मोडलले नमिठो अनुभव सुनाइन् । ती मोडलका अनुसार इप्सटाइनले न्युुयोर्क शहरस्थित आफ्नो घरमा पाहुना बनेर बसेका एन्ड्रियुसँग यौन सम्पर्क राख्नका लागि ठाडो आदेश दिएका थिए ।  

यसबारे केही समयपछि फिलिप्सले इप्सटाइनलाई सोधेकी थिइन् ।’ फिलिप्सकाअनुसार यही नै इप्सटाइनसँगको उनको अन्तिम कुराकानी थियो । इप्सटाइनको जवाफ थियो, ‘यस्तो कुरा ठूलो होइन र यसबारे उनको कुनै गुनासो पनि छैन । सबै ठिक छ ।’ 

फिलिप्सले भनेकी थिइन्, ‘यस्तो हुँदा कोही कसरी ठिक हुनसक्छ । तिमीले यस्तो कसरी गर्न सक्यौं ?’ यस वृत्तचित्रमा भर्जिनिया रोर्बटस्को आरोप पनि समावेश छ । उनले पनि आफुमाथि राजकुमार एन्ड्रियुले दुर्व्यवहार गरेको बताएकी छिन् । रोर्बटस्काअनुसार १७ वर्षको छँदा लण्डनमा महारानीका दोस्रो छोरासँग उनको परिचय भएको थियो ।  अनि, ती राजकुमार दन्त्यकथाका जस्ता थिएनन् । बरु, राक्षसजस्ता थिए ।

रोर्बटस्का अनुसार इप्साटाइनले नै उनलाई बेचविखन गरेर लगेका थिए । राजकुमारसँग तीनपटक उनको सहवास भयो । पहिलोपटक १७ वर्षको उमेरमा, जतिबेला अमेरिकी कानूनअनुसार महिलालाई ‘बालिका’ नै मानिन्छ ।  राजकुमार एन्ड्रियुले यस अभियोग अस्वीकार गरेका छन् ।  रोर्बटस्सँग शारीरिक सम्पर्क र सम्बन्ध दुबै नरहेको उनको दाबी छ । श्रोत: डेली मेल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप