ऋषि पञ्चमी नुहाउँदा बागमतीमा बेपत्ता भएका तीनै जना बालिकाहरुको शव फेला
रौतहट । रौतहटको पूवसर््भेग गढीमाई नगरपालिकास्थित बागमती नदीमा ऋषि पञ्चमिको अवसरमा नुहाउन जाँदा बेपत्ता तिनैजना बालिकाको शव बरामद भएको छ ।
गत ७ गते बिहान गढीमाई नगरपालिका वडा नं. ७ धर्मपुर टोल बस्ने भदै मुखियाकी अन्दाजी १० वर्षीया छोरी पिंकु कुमारी मुखिया, लक्षुमण दासकी १२ वर्षीया छोरी सुसिता कुमारी दास र छट्टु मुखियाकी १० वर्षीया छोरी चञ्चल कुमारी मुखिया बागमतीमा नुहाउन जाँदा बेपत्ता भएका थिए ।
घटना लगत्तै धर्मपुर प्रहरी चौकीबाट र ईप्रका समनपुरबाट क्षेत्र बहादुर बरुवालको कमाण्डमा खटिएको टोलीले स्थानीयको सहयोगमा खोजतलास गर्दा सोहि दिन अपरान्ह ३ बजेको समयमा पिंकु कुमारी मुखियाको शव बरामद गरेको थियोे ।
मंगलबार माधवनारायण नगरपालिका–८ स्थित बाग्मती खोलाको किनारमासुसिता कुमारी दासको र राजदेवी नगरपालिका–९ ब्रम्हपुरीस्थित बागमती नदीको पूर्वपट्टी किनारमा चञ्चल कुमारी मुखियाको पनि शव फेला परेको रौतहट प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण