सङ्क्रमित बढेपछि एक साता निषेधाज्ञा
शनिबार, १३ भदौ २०७७, ०९ : ३२
कोरोना सङ्क्रमित बढ्न थालेपछि यहाँको स्थानीय प्रशासनले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय डोटीमा जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैैठकले भदौ १४ गते राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञा पहिलो चरणमा भदौ २१ गते आइतबार रातिसम्म सात दिनका लागि लागू हुने भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार जिल्लामा एक हप्तामा कोरोना सङ्क्रमित बढेर ९०० पुगेको छ ।
जिल्लामा दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण