ठप्प सहरमा जीवनको पैयाँ गुडाउने चिन्ता, तस्बिरमा हेर्नुहोस्
सहर ठप्प छ । पसल, कार्यालय, उद्योग धन्दा बन्द छन् । सरकारको निर्देशनले सबै कुरा रोकिएका छन् । तर, जीवनले सरकारको उर्दी कहाँ मान्दो हो ? यसलाई त जे जसरी हुन्छ चलायमान राख्नैप-यो । भोक लाग्दा पेट भर्नै प-यो । जीवनको पैयालाई अगाडि बढाउनै प-यो ।

कोरोनाभाइरसको महामारी यतिबेला न्यून आय भएका मानिसहरुका लागि ठूलो बज्रपात बनेर आएको छ । दैनिक ज्यालादारी गरेर कमाउनेहरु सबैभन्दा ठूलो मारमा छन् । किनभने सहर ठप्प भएसँगै उनीहरुको आयको स्रोत नै बन्द बनेको छ ।

भाइरसको संक्रमण बढेसँगै काठमाडौँ उपत्यकामा यतिबेला दोस्रो चरणको निषेधाज्ञा जारी छ । निषेधाज्ञा बीच रिक्सा चलाएर घरपरिवार पाल्नेहरु भने चर्को घाम र पानीको पर्वाह नगरी ग्राहकको पर्खाइमा बसिरहेको देख्न सकिन्छ । पर्यटक नभएर सुनसान बनेको ठमेलदेखि नयाँ सडक क्षेत्रमा थुप्रै रिक्साहरु देख्नसक्छौँ । तर, सहर नै ठप्प भएको बेला ग्राहक कहाँबाट पाउनु ?

उनीहरुको मुहारमा चिन्ताभाव प्रष्ट देख्न सक्छि । यस्तै स्थिति रहे भोकभोकै मर्नुपर्ने स्थिति आउने उनीहरु दुःखेसो पोख्छन् ।
हेर्नुहोस् तस्विरहरुः









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण