पिसिआर परीक्षणको मूल्य घटाउने निर्णय,अब बढीमा ४४ सय मात्र लिन पाउने
काठमाडौं । सरकारले पिसिआर विधिबाट गरिने कोरोना परीक्षण शूल्क घटाएको छ । अब पिसिआर परिक्षणवापत अधिकतम ४ हजार ४ सयसम्म लिन पाइने छ । स्वास्थ्य मन्त्रालयमा आज बसेको बैठकले पिसिआर परीक्षणका लागि सामग्रीको उपलब्धता, विश्वबजारमा भएको मूल्य समायोजन आदिलाई आधार मान्दै मूल्य घटाएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले रातोपाटीलाई जानकारी दिए । उनले भने– ‘पिसिआर परीक्षणको शूल्क घटाउने निर्णय गरेका छौँ । अब शून्य रुपैयाँदेखि अधिकतम ४४ सय रुपैयाँ मात्र लिन पाइने छ त्यो भन्दा माथि शूल्क लिन पाँइदैन ।’
यसअघि पिसिआर परीक्षण शूल्क ५ हनार ५ सय र सेवा शूल्कवापत १० प्रतिशत थप रकम लिन पाउने व्यवस्था गरिएको थियो । मन्त्रालयको सो निर्णयपछि निजी स्वास्थ्य संस्थाहरुले पिसिआर परीक्षण वापत ८ हजार रुपैयाँसम्म लिँदै आएका थिए । हाल पिसिआर विधिबाट ९ वटा सरकारी र ११ वटा निजी अस्पतालहरुले शूल्क लिएर कोरोना परीक्षण गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
-
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक : सांसद न्यौपाने
-
वायु सेवा निगमको सञ्चालक समिति पदाधिकारी छनोट रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
नियन्त्रणमा लिइएका विद्युतीय सवारी साधनबारे छानबिन गर्न समिति गठन
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण