शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एउटा भेडा ५ करोड ७३ लाख रुपैयाँमा बिक्रि

सोमबार, २२ भदौ २०७७, ०९ : ३९
सोमबार, २२ भदौ २०७७

‘डबल डाइमन्ड’ नाम दिइएको टेक्सेलको भेडा हालै संसारको सबैभन्दा महँगो भेडा बन्न सफल भएको छ । आनुवंशिक रुपमा उत्कृष्ट मानिएको  यो भेडा स्कटमा आयोजित लिलामीमा ४ लाख ९० हजार डलर (५ करोड ७३ लाख रुपैयाँ) मा बिक्रि भएको छ ।

नेदरल्याण्डस्थित टेक्सल नामको सानो द्वीपको यो टेक्सल भेडा उत्कृष्ट जेनेटिक्सका कारण पनि सर्वाधिक महँगो भएको हो । बेलायतमा भेडाको प्रजनन गराउनेहरु (ब्रिडर) यो भेडालाई आफ्नो हातमा पार्न अत्यधिक कोसिस गरिरहेका थिए । लानार्कमा स्कटिश नेशनल टेक्सलले बिक्रि सुरु गर्नु अघि नै केही ब्रिडरले डबल डायमन्डका लागि अत्यधिक बोली लगाएका थिए ।

‘यो उत्साहभन्दा पनि तनावमा पार्ने किसिमको थियो,’ डबल डायमण्ड खरिद गर्नका लागि सहकार्य गरेका तीन बिडरमध्येका एक जेफ ऐकेनले भने । ‘हामीलाई थाहा थियो यो निकै विशेष हुनेछ । यो निकै उत्कृष्ट जनावर हो जसको पूरा जेनेटिक्स उत्कृष्ट छ । यो भेडालाई आफ्नो पोल्टोमा पार्नका लागि ७–८ व्यक्ति अत्यन्त लालायित थिए ।’

लिलामी अघि ऐकेन र अर्का एक ब्रिडर मिलेर उक्त भेडा किन्न चाहन्थे तर प्रतिस्पर्धा अत्यधिक कडा भएपछि तेस्रो ब्रिडर पनि सहभागि भए । तसर्थ यी तीनजना मिलेर सबैलाई उछिन्न सके । यसअघि सन् २००९ मा एउटा भेडा ३ लाख ७ हजार डलर (३ करोड ५९ लाख रुपैयाँ) मा बिक्रि भएको थियो ।

स्रोतः अडिटी सेन्ट्रल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप