काठमाडौंमा पनि मनाइयो जितिया पर्व, तस्बिरमा हेर्नुहोस्
बिहीबार, २५ भदौ २०७७, १८ : १५
मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ काठमाडौंमा पनि मनाइएको छ । राजधानीको गुह्वेश्वरीस्थित बागमती नदी किनारमा बिहीबार कोरोनाको कहरका बीच सावधानी अपनाउँदै मधेसी समूदायका महिला भेला भएका थिए ।
जितिया पर्वमा महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दहीलगायत प्रसादका रूपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने प्रचलन रहेको छ ।
सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्ति हुने विश्वासका साथ यो पर्व मनाइने गरिन्छ ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण