डेढ महिनापछि वीरगन्जमा सबै प्रकारका पसल खुले
वीरगन्ज – डेढ महिनापछि वीरगन्जमा सबै प्रकारका पसल खुलेका छन् । शुक्रबारबाट एकैपटक सबै पसल खुलेका हुन् । गएको भदौ १९ यता एक साइडमा पालो गर्दै खुल्न थालेका बजार क्षेत्रका पसल एकैपटक भने साउन १० यता बल्ल खुले ।
कोरोना महामारीको उच्च जोखिम बढेसँगै सुरुमा वीरगन्ज क्षेत्र र पछि जिल्लाभरिमा नै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि आर्थिक नगरी वीरगन्जका पसल प्रायः सबै बन्द थिए । बजारका पसल सबै खुले पनि त्यसको सुरक्षा सतर्कता भने व्यापारी आफंैले अपनाउनुपर्ने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । पसल खोल्ने सयय पनि बिहान ११ बजेबाट साँझ ४ बजेसम्मका लागि तय भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।
तरकारी पसल बिहान ८ बजेसम्म मात्र खोल्न पाइने
सागसब्जी र तरकारीका पसल भने हरेक दिन बिहान ५ बजेबाट ८ बजेसम्म मात्र खोल्न पाइने जिल्ला सुरक्षा समितिको निर्णयमा उल्लेख गरिएको छ । अरूखाद्यान्न, लत्ता कपडा, हार्डवेयरलगायत सबै प्रकारका पसल भने बिहान ११ बजेबाट साँझ ४ बजेसम्म मात्र खोल्न मिल्ने गरी निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको पत्रमा उल्लेख छ । यो समाचार आजको राजधानी दैनिकमा तुलसी भण्डारीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण