दुई अमेरिकी कम्पनीले कोरोना भ्याक्सिनको तेश्रो चरणको परीक्षण सुरु गर्दै
आइतबार, २८ भदौ २०७७, २३ : १५
एजेन्सी । दुई अमेरिकी कम्पनी फाइजर र बायोएनटेकले कोरोना भ्याक्सिनको तेश्रो चरणको परीक्षण सुरु गरेका छन् । ती कम्पनीले आइतबार जनाएअनुसार चाँडै परीक्षणको अर्को चरणका लागि स्वयंसेवकहरु छनौट गरिनेछ । कम्पनीका अनुसार तेश्रो चरणमा ४४ हजार मानिसहरुलाई खोप दिइनेछ । कम्पनीले यो चरणमा ३० हजार जनालाई खोप दिने लक्ष्य राखेको थियो ।
यसैबीच विश्वमा कोरोना भाइरसबाट हालसम्म २ करोड ८९ लाख ३८ हजार ९५ जना संक्रमित भएका छन् भने ९ लाख २४ हजार ५५८ जनाले ज्यान गुमाएका छन् । यद्यपि, खुसीको कुरा के छ भने विश्वमा २ करोड ८ लाख ५ हजार ७६० जना मानिसहरु निको भएर घर फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण