बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो

मङ्गलबार, ३० भदौ २०७७, २३ : ५०
मङ्गलबार, ३० भदौ २०७७

एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघेको छ । मंगलबारको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितहरुको संख्या ५० लाख ७ हजार १ सय १ पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ ८१ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

भारतमा अहिलेसम्म कूल ३९ लाखभन्दा बढी संक्रमित निको भएका छन् । तथ्यांकअनुसार ३९ लाख २९ हजार ६ सय ५ जना संक्रमित बिरामी निको भएर घर फर्किएका हुन् । 

मंगलबार मात्रै भारतमा ५३ हजार ९ सय ३६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । अहिले ९ लाख ९४ हजार ७ सय ६८ जना उपचारमा रहेका छन् भने मृत्यु हुनेको संख्या ८२ हजार नाघेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप