शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

वैज्ञानिकद्वारा विश्वकै पुरानो वीर्य फेला

बुधबार, ३१ भदौ २०७७, १३ : २६
बुधबार, ३१ भदौ २०७७

पूरातत्त्वविद्हरुको एक टोलीले म्यानमारमा विश्वकै सबैभन्दा पुरानो वीर्य फेला पारेका छन् । ओस्ट्राकोड नामक जीवको शरीरमा रुखको चोपमा सुरक्षितरुपमा जमेको अवस्थामा फेला परेको उक्त वीर्य १० करोड वर्ष पुरानो रहेको वैज्ञानिकहरुको दाबी रहेको छ ।

यसअघि फेला परेको जनावरको वीर्य १.७ करोड वर्ष पुरानो रहेको नान्जिङस्थित चाइनिज एकाडेमी अफ साइन्सको टोलीका प्रमुख वाङ हीले भने ।

करिब ५० करोड वर्षअघिदेखि पृथ्वीमा पाइने ओस्ट्राकोड नामक जीव अझै पनि समुद्रमा पाउन सकिने बुधबार प्रतिष्ठित रोयल सोसाइटीको जर्नलमा प्रकाशित पेपरमा भनिएको छ ।

उक्त वीर्य महिला ओस्ट्राकोडमा पाइएको र उनको शरीरमा पुरुष ओस्ट्रोडले वीर्य निषेचित गर्ने बित्तिकै उनी रुखको चोपमा जमेको हुनसक्ने वैज्ञानिकहरुको अनुमान छ ।

स्रोत : अलजजिरा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप