तयारी लामो यात्राको, तस्बिरमा हेर्नुहोस्
आज ९बिहीबार० देखि मध्यम र लामो दूरीको यातायात सञ्चालन भएका छन् । कोरोनाभाइरस ९कोभिड–१९० को महामारीसँगै चैत १० गतेदेखि सञ्चालनमा लगाइएको प्रतिबन्ध फुकुवा भएसँगै बिहीबारदेखि त्यस्ता सवारीसाधनको सञ्चालन सुरु भएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएपछि मंगलबारदेखि नै यातायात व्यवसायी र मजदूरहरु सवारीसाधन सञ्चालनको तयारी सुरु गरेका थिए । यातायात सञ्चालन सुरु भएपछि यतिबेला नयाँ बसपार्क, पुरानो बसपार्क क्षेत्रमा चहलपहल बढेको छ ।

लामो दुरीमा सञ्चालन हुने सवारी साधनले अनिवार्य सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्नु पर्ने, मास्क–सेनिटाइजर अनिवार्य हुनुपर्ने, बेलाबेलामा गाडीको डिस्इन्फेक्सन हुनुपर्ने लगायत स्थानीय सरकारको समेत नियम पालन गर्नु पर्ने छ । तर यसरी सञ्चालन हुने सार्वजनिक सवारी साधनले यात्रुहरुबाट साविकको भाड दर भन्दा थप ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था समेत गरेको छ ।

असोज १ गतेदेखि नै सबै खाले लामा दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भए पनि केहि केहि क्षेत्रमा भने सवारी सञ्चालन हुन पाउने छैनन् ।
करिब ६ महिनापछि सवारीसाधन सञ्चालन गर्न पाउँदा यातायात व्यवसायी र यातायात मजदूरहरु यतिबेला निकै खुसी भएका छन् । तर, छोटो दूरीका सवारीसाधनजस्तो तत्कालै मध्यम र लामो दूरीका यातायातको सञ्चालन सहज भने छैन । यातायात व्यवसायी र मजदूरहरुका अनुसार त्यस्ता सवारीसाधन सञ्चालनमा अहिले मूलतः ३ वटा समस्या छ । पहिलो सवारीसाधन बिग्रेका छन्, सामान्य ढंगबाट चल्नसक्ने अवस्था छैन । दोस्रो धेरै यातायात मजदूरहरु अहिले पनि गाउँमा छन् । उनीहरु फर्कनुपर्छ । र, तेस्रो अहिले ग्यारेजहरुमा मेकानिक समेत अभाव छ । उनीहरु फर्केर बिग्रेका सवारीसाधन मर्मत गरेपछि पनि सहज रुपमा यातायात सञ्चालन हुन सक्छ ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
