अर्को वर्षको शुरुमा भारतमा कोरोनाविरुद्धको खोप आउँछ: भारतीय स्वास्थ्यमन्त्री
एजेन्सी । भारतीय स्वास्थ्यमन्त्री हर्षवर्धनले आगामी महिनाको शुरुतिर कोरोनाभाइरस विरुद्धको खोप आउने आशा व्यक्त गरेका छन् । उनले बिहीबार भनेका छन्– ‘आगामी वर्ष सन् २०२१ को शुरुतिर नै यो खोप हामीले प्राप्त गर्ने धेरै सम्भावना रहेको छ ।’
यस कार्यका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले निकै नै लगावका साथ काम गरेका र यस कार्यका लागि उनले निकै शुक्ष्म रुपमा निगरानी गरिरहेको जानकारी दिए । बिहीबार उनले अर्को वर्षको शुरुआतदेखि नै भारतमा पनि यो खोप प्राप्त हुने र देशभरि नै खोप वितरण गर्न सकिने सम्भावना रहेको जानकारी दिएका हुन् ।
उनले विश्वका अरु देशहरुले जस्तै भारतले पनि खोप निर्माणको काममा निकै प्रयास गरिरहेकोले आगामी वर्षको शुरु तिरबाटै यो खोप भारतमा उपलब्ध हुनसक्ने जानकारी दिए । उनले सन् २०२० को अन्त्यसम्ममा खोप वितरणको अपेक्षा विश्वका नागरिकले दिएको भए पनि तर त्यो सम्भव हुन नसकेको पनि उनले बताए । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा