केन्द्रीय समिति गठनमा जसपाभित्र बढ्यो विवाद
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)भित्र केन्द्रीय समिति गठनको विषयलाई लिएर विवाद बढेको छ । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच पार्टी एकीकरण भएको पाँच महिना बितिसक्दा पनि विवादकै कारण केन्द्रीय समिति गठनमा ढिलाइ भइरहेको छ ।
जसपा विधानमा ७ सय १ सदस्यीय केन्द्रीय समिति बनाउने उल्लेख छ । विवादकै कारण दुई वटा नामावली तयारी भइरहेको जसपा स्रोतको दाबी छ । बबरमहलस्थित राजपाको कार्यालयमा पटक पटक बसेको शीर्ष नेताहरूको बैठकमा सहमति हुन नसक्दा दुई वटा नामावली तयारी भइरहेको स्रोतको दाबी छ ।
तत्कालीन राजपा नेपालका तर्फबाट केन्द्रीय सदस्य चयन गर्न अध्यक्षमण्डलमा रहेका महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव र राजकिशोर यादवसहितको बैठक गत सोमबार बसेको थियो । तर, यी चार नेताका बीचमा सहमति जुट्न सकेन ।
महेन्द्र, राजकिशोर र अनिलकुमार झाले ठाकुर र महतोको कोटाबाट घटाएर अन्य चार नेताको कोटा बढाउनुपर्ने प्रस्ताव गरेका छन् । ठाकुर र महतोको कोटाबाट घटाएर महेन्द्र र शरदचन्द्र भण्डारीलाई ५२÷५२, अनिल र राजकिशोरलाई ३८(३८ हुनुपर्ने प्रस्ताव असन्तुष्ट समूहले राख्दै आएको छ ।
छलफलमा अनिल र भण्डारी सहभागी भएनन् । जसपा नेतृ एवं पत्नी डा. डिम्पल झाको उपचारका लागि अनिल नयाँ दिल्लीमा छन् ।
यस्तै, भण्डारी बिरामी भएकाले घरमै आराम गरिरहेका छन् । भण्डारीले दुईमध्ये जुन प्रस्तावमा सहमति भए पनि आफू त्यसैमा सन्तुष्ट रहेको बताउँदै आएका छन् । ठाकुर र महतो आफूहरूको तत्कालीन पार्टीको संगठन गाउँगाउँसम्म रहेकाले सोहीअनुसार सदस्य संख्या अरूभन्दा बढी हुुनुपर्ने अडानमा छन् ।
दुई पार्टी एकीकरणपश्चात् बनेको जसपा कार्यकारिणी समितिमा समेत ठाकुर र महतोले मनोमानी गरेको आरोप महेन्द्र, अनिल र राजकिशोरले लगाउँदै आएका छन् । जसपा अध्यक्षसमेत रहेका ठाकुर र वरिष्ठ नेता महतोले पूर्वसहमतिअनुसार सदस्य संख्या आफूहरूका लागि नछुट्याएको आरोप लगाउँदै छुट्टै नामावली तयार गर्ने असन्तुष्ट नेताहरूले जनाएका छन् । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण