डा.केसी त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा
मङ्गलबार, ०६ असोज २०७७, २३ : २६
काठमाडौं । डा.गोविन्द केसीले ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएलगत्तै महाराजस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । अनसनरत केसीले आज ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएलगत्तै शिक्षण अस्पताल पुर्याएको हो । उनी त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका छन् । ९ दिनदेखि अनसनरत केसी आज नै नेपालगञ्जबाट काठमाडौं आएका थिए । उनी त्रिवि शिक्षण अस्पताल जान खोजे पनि प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर पुर्याएको थियो ।
केसीले शिक्षण अस्पतलमा आफुलाई भर्ना नगर्दासम्म कुनै परीक्षण गर्न नदिने र उपचार पनि नलिने अडान लिएपछि उनलाई आज नै शिक्षण अस्पताल सारिएको हो । केसीका समर्थकहरुले ‘वि आर विथ जिकेसी’, ‘डा। केसी एक्ला छैनौं, हामी तिम्रो साथ छौं’ लगायतका नारा लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेनमार्कमा मिथिला चित्रकाला प्रदर्शनी
-
परोपकारका प्रेरणा ट्याक्सी चालक मगरको सम्मान
-
शिक्षण अस्पताल महाराजगन्जले माग्यो विभिन्न पदमा आवेदन
-
काठमाडौँ महानगरपालिकाले निःशुल्क कानुनी सहायता उपलब्ध गराउने, आवेदन आह्वान
-
जलवायु परिवर्तनका कारण जोखिममा मानव स्वास्थ्य
-
लुम्बिनी प्रदेशमा ९ महिनामा ६४ जनाको हत्या, अधिकांश घटना चिनजानेका व्यक्तिबाट