इन्भेष्टमेन्ट बैङ्कद्वारा ४ अर्बको ऋणपत्र बिक्री गर्न बोर्डमा आवेदन
बिहीबार, ०८ असोज २०७७, ११ : ४९
नेपाल इन्भेष्टमेन्ट बैङ्कले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । बैङ्कले बिक्री अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
बैङ्कले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये १६ लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला हुनेछ । बाँकी २४ लाख इकाई सङ्घसंस्थालाई बिक्री गरिनेछ । यस ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत ब्याजदर पाइनेछ । बैङ्कले ७ वर्ष अवधिको ‘नेपाल इन्भेष्टमेन्ट बैङ्क डिबेन्चर २०८४’ नामक ऋणपत्र जारी गर्न लागेको हो ।
ऋणपत्र बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’