‘विक्की डोनर’ फिल्मका अभिनेता भुपेशको निधन
बलिउड अभिनेता भुपेश पान्ड्या, आयुष्मान खुरानाको पहिलो फिल्म ‘विक्की डोनर’ मा आफ्नो भूमिकाका लागि परिचित थिए । उनको फोक्सोको क्यान्सरका कारण निधन भएको छ । उनी राष्ट्रिय नाट्य विद्यालय (एनएसडी) का पूर्व विद्यार्थी थिए ।
एनएसडीले ट्वीटरमार्फत् दियो जानकारीः
एनएसडीको आधिकारिक ट्वीटर अकाउन्टमार्फत् यसबारे जानकारी दिइएको हो । यो ट्वीटमा लेखिएको छ, ‘विख्यात रंगकर्मी भूपेश कुमार पांड्या (पूर्व विद्यार्थी एनएसडी २००१ ब्याच) को आकस्मिक निधनको खबरले एनएसडी परिवार असाध्यै दुखी हुँदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । इश्वरले दिवंगत आत्मालाई शान्ति प्रदान गरुन् ।’
यस्तै मनोज बाजपेयी र गजराजजस्ता थुप्रै कलाकारले उनको असामयिक निधनमा शोक व्यक्त गरेका छन् ।
भूपेशले विक्की डोनरबाहेक ‘हज्जारौं ख्वाहिशें ऐसी’, ‘वेब सिरिज ‘डेल्ही क्राइम’, ‘गान्धी टु हिटलर’, ‘परमाणुः पोखरण की कहानी’ जस्ता थुप्रै अन्य प्रोजेक्टमा पनि काम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण