सम्झना बिकको बलात्कारपछि हत्या : दोषीलाई फाँसीको माग गर्दै माइतीघरमा प्रदर्शन
बझाङको मष्टा गाउँपालिका की १२ वर्षीय बालिका सम्झना बिकको हत्यारालाई कारवाहीको माग गर्दै राजधानीमा प्रदर्शन गरिएको छ ।
गत बुधबार दिउँसो करिब १२ बजेको परिवारसँगै बसेर दिउँसोको खाना खाएर सम्झना घरभन्दा आधा घण्टा टाढा रहेको गोठमा गएकी थिइन्। तर उनी गोठ नपुग्दै बीच बाटोबाटै अपहरणमा परिन्। नजिकैको मन्दिरमा लगेर उनको बलात्कारपछि हत्या भयो।
निर्मला पन्तको हत्यारालाई कारवाही नभएको वर्ष दिन बितिसक्दा त्यस्तै प्रकृतिको अर्को घटना हुनाले जनआक्रोश बढेको छ । प्रमुख प्रतिपक्षी दलले त सरकार नै बलात्कारीहरुको संरक्षण गर्न लागेको आरोप लगाएको छ ।
आज माइतीघरमा गरिएको प्रदर्शनमा युवा दलित संघर्ष समिति, नागरिक समाज तथा युवाहरुको उपस्थिति रहेको थियो । उनीहरुले बलात्कारीहरु विरुद्ध कडा कानुन बनाउनका साथै दोषी ठहर भएका बलात्कारीलाई फाँसीको सजायसमेत दिन माग गरेका छन् ।
हेरौँ तस्विरः











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण