सम्झना बिकको बलात्कारपछि हत्या : दोषीलाई फाँसीको माग गर्दै माइतीघरमा प्रदर्शन
बझाङको मष्टा गाउँपालिका की १२ वर्षीय बालिका सम्झना बिकको हत्यारालाई कारवाहीको माग गर्दै राजधानीमा प्रदर्शन गरिएको छ ।
गत बुधबार दिउँसो करिब १२ बजेको परिवारसँगै बसेर दिउँसोको खाना खाएर सम्झना घरभन्दा आधा घण्टा टाढा रहेको गोठमा गएकी थिइन्। तर उनी गोठ नपुग्दै बीच बाटोबाटै अपहरणमा परिन्। नजिकैको मन्दिरमा लगेर उनको बलात्कारपछि हत्या भयो।
निर्मला पन्तको हत्यारालाई कारवाही नभएको वर्ष दिन बितिसक्दा त्यस्तै प्रकृतिको अर्को घटना हुनाले जनआक्रोश बढेको छ । प्रमुख प्रतिपक्षी दलले त सरकार नै बलात्कारीहरुको संरक्षण गर्न लागेको आरोप लगाएको छ ।
आज माइतीघरमा गरिएको प्रदर्शनमा युवा दलित संघर्ष समिति, नागरिक समाज तथा युवाहरुको उपस्थिति रहेको थियो । उनीहरुले बलात्कारीहरु विरुद्ध कडा कानुन बनाउनका साथै दोषी ठहर भएका बलात्कारीलाई फाँसीको सजायसमेत दिन माग गरेका छन् ।
हेरौँ तस्विरः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनौट गरिने
-
आगामी आर्थिक वर्ष प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनोट गरिने
-
आगामी वर्ष सबै स्थानीय तहमा पाइने कृषि बाली दर्ता गरिने
-
सरकारी स्वामित्वका कम्पनी धमाधम बेच्दै पाकिस्तान
-
सरकारले घोषणा गर्यो ‘कृषिमा लगानी दशक’, यस्ता छन् अन्य योजना
-
एक्लै हिँडेर गन्तव्यमा पुग्न सकिँदैन : मुख्यमन्त्री कँडेल