बझाङ घटनाबारे बुझ्न राज्यव्यवस्था समितिले गृहमन्त्रीलाई डाक्यो
मङ्गलबार, १३ असोज २०७७, १३ : ००
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बझाङकी बालिका सम्झना कामीको बलात्कारपछि हत्या भएकी विषयमा गृहमन्त्री रामबहादुर थापासँग छलफल हुने भएको छ । समितिले बुधबार गृहमन्त्री रामबहादुर थापालाई घटनाबारे छलफलका लागि बोलाएको समितिका सभापति शशी श्रेष्ठले जानकारी दिइन् । एक साताअघि बझाङमा बलात्कारपछि हत्या गरिएकी सम्झना कामीको शव अझै उठाइएको छैन ।
आजको बैठकमा समितिका सदस्यहरुले मन्त्रालयलाई कुन कुन कुरामा ध्यानाकर्षण गराउने बारे छलफल गर्ने उनले बताइन् । गृहमन्त्रीसँग बझाङ, बारा, लगायत देशका अन्य क्षेत्रमा भएका बलात्कारका घटनाबारे जानकारी लिने र कारवाही प्रक्रियाबारे समितिले छलफल गर्न लागेको हो । यस्तै गृहमन्त्रीसँग नेपाल र चीनबिचको सीमाबारे बैठकमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण