गल्ली–गल्लीमा नगर प्रहरी : ललितपुरमा शुरु भयो साइकल गस्ती (फोटो)
बुधबार, १४ असोज २०७७, १० : ०३
ललितपुर महानगरपालिकाको नगर प्रहरीले बुधबारदेखि साइकल गस्ती शुरु गरेको छ । महानगरकी उपप्रमुख गीता सत्यालले एक कार्यक्रमबीच साइकल गस्तीको शुरुवात गरेकी हुन् ।
साइकल सिटीको अवधारणा अन्तरगत ललितपुरका हरेक गल्ली र बाटोमा जनताको सेवाका लागि नगर प्रहरी पुग्न सकुन् भनेर महानगरले साइकल गस्ती शुरुवात गरेको सत्यालले जानकारी दिइन् ।

ललितपुरको नगरप्रहरी प्रमुख सीताराम हाछेथुले साइकल गस्तीको मद्दतले नगरबासीमा तुरुन्त सहयोग गर्न मद्दत पुर्याउने आशा व्यक्त गरे ।

हाल महानगरले नगर प्रहरीलाई १० वटा साइकल प्रदान गरेको छ । उनीहरुले बिहान १० बजेदेखि ५ बजेसम्म गस्ती गर्नेछन् ।

हाछेथुका अनुसार साइकल गस्ती गर्ने नगर प्रहरीहरुलाई क्यामरा पनि दिइएको छ । क्यामराको मद्दतले उनीहरुलाई समस्या र बेथिति भएका स्थानहरुको फोटो खिचेर रिपोर्टिङ गर्न पनि सहज हुने उनले बताए ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण