ड्रग्स केसमा पहिलोपटक चार बलिउड नायकहरुको नाम जोडियो

एजेन्सी । बलिउड ड्रग्स केसमा यसअघि भारतीय नायिकाहरुको नाम जोडिदै आएको थियो । तर अहिले ड्रग्स केसमा चार बलिउड नायकहरुको नाम एकैपटक जोडिएको छ । एनसीबी अनुसन्धानका क्रममा चार बलिउड नायकको नाम जोडिएको हो । ड्रग्स केसमा नाम जोडिने बलिउड नायकहरुमा शाहरुख खान, रणबीर कपूर, अर्जुन रामपाल र डिनो मोरिया रहेका छन् ।
दैनिक भाष्करले एनसीबीका अधिकारीको श्रोतलाई उदृत गर्दै जनाएअनुसार अर्जुन रामपालले शाहरुख खानलाई ड्रग्स सप्लाई गर्ने काम गर्दै आएका थिए । यसअघि बलिउड नायिकाहरुको मात्र नाम ड्रग्स केसमा जोडिएको थियो । तर पहिलोपटक बलिउड नायकहरुको पनि नाम ड्रग्स केसमा जोडिएको छ । दिल्लीका एनसीबी अधिकारीले नाम नछाप्ने शर्तमा बलिउडका ठुला नायकहरुको ड्रग्स कनेक्सनबारे खुलासा गरेको दैनिक भाष्करले जनाएको छ ।
एनसीबी अधिकारीसँगको कुराकानीको पूर्ण विवरण भास्करसँग सुरक्षित रहेको जनाइएको छ । ती अधिकारीले बलिउड नायकहरुको नाम लिँदा कोड प्रयोग गरेका थिए । उनले ए, डि, आर र एस कोडमा नामहरु बताएका थिए । ‘ए’ को अर्थ अर्जुन रामपाल, ‘डि’ को अर्थ डिनो मोरिया, ‘आर’ को अर्थ रणबीर कपूर र ‘एस’ को अर्थ शाहरुख खानको नाममा उनले संकेत गरेका हुन् । ती अधिकारीकाअनुसार रामपाल शाहरुखका लागि ड्रग्स सप्लाई गर्दै आएपनि डिनो मोरिया लगायतका नायकहरुको बारेमा भने अनुसन्धान भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चर्चामा ‘अपरेसन सिन्दूर’ बारे जानकारी दिने दुई महिला अधिकारी
-
१० बुँदे पक्षधर बलबहादुर साम्सोहाङ र मणिशंकर पोमु निलम्बित
-
सरकारको रुचि ईपीसी मोडलको ठेक्कामा, के भन्छन् निर्माण व्यवसायी ?
-
म्यानमारबाट उद्धार गरिएका १२ जना नेपाली नागरिक स्वदेश फिर्ता
-
जमिन भासिएर गाडी बेपत्ता प्रकरण : प्रारम्भिक अध्ययन पश्चात् फर्कियो भूगर्भविद्को टोली
-
सशस्त्र प्रहरी बलको प्रवक्तामा डीआईजी कालिदास धौवजी