टोयोटा कोरोला क्रसको बिक्री सुरु, हाई मोडलको मूल्य १ करोड ३३ लाख कायम
काठमाडौं । नेपालको लागि टोयोटा गाडीहरुको एकमात्र आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेटले नेपालमा टोयोटा कोरोला क्रस एसयुभीको बिक्रीवितरण प्रारम्भ गरेको छ ।
वर्तमान अवस्थालाई मध्यनजर राखेर कम्पनीले सो बिक्री शुभारम्भ समारोह पहिलो पटक भर्चुअल प्रविधिको सहायताले सम्पन्न गरेको छ । टोयोटा नेपालको औपचारिक एवं आधिकारिक फेसबुक/इन्स्टाग्राम पेजमा आज मध्यान्ह १२ बजे प्रसारण गरिएको थियो ।
टोयोटा कारहरु नेपालमा अत्यन्त रुचाइएको जापनीज कार हुन् । विश्व प्रसिद्ध यस टोयोटा कारको नयाँ संस्करण क्रस एसयुभी थाइल्याण्डमा निर्माण गरिएको हो ।
यो४ सिलिण्डरको कार टिजिएनए प्लेटफर्ममा तयार भएको हुँदा यसले अत्याधुनिक डिजाइन, स्थिरता र पूर्ण कार्य क्षमतालाई समर्थन गर्दछ । यो सिभिटि ट्रान्समिसन कार हो । यस किसिमको नयाँ ट्रान्समिसन कार भएको कारण यो क्रस एसयुभी गति छिटो लिने, न्यून उत्सर्जन पैदा गर्ने खालको छ भनें यो हलुका सवारी साधन पनि बनेको छ ।
कारको बाह्य बनौटमा रहेको फ्रन्ट ग्रीलले राम्रो लुक दिन्छर यो कार कच्ची सडकहरुको लागि समेत चलाउन उपयुक्त छ । यस्तैगरी कारको सम्पूर्ण बडीमा रहेको एसेन्ट लाइनहरुले गाडीलाई आकर्षित स्वरुप दिएको छ । कोरोला क्रसमा सबैभन्दा लामो व्हीलबेस छ, जसले कारलाई खास गरेर सडकमा उच्च गतिमा दौडिरहेको समयमा अधिक स्थिरता तथा आरामदायी सवारी प्रदान गर्दछ ।
टोयोटा कोरोला क्रस एसयुभी भित्री रुपमा पनि सुविधा जनक एवं आरामदायीक छ । यसको भित्र फराकिलो स्थान छ भनें खुट्टा राख्नको लागि सुविधादायक स्थान छ । यस्तै यस कारमा रहेको मूनरुफको सहायताले भित्र थप उज्यालो प्राप्त गर्न मद्दत पुग्नेछ ।
यो कारमा न्यून ५.२ मि.को मोडाउन मिल्ने व्यास छ, जुन यस श्रेणीको कारहरुमा उत्कृष्ट श्रेणीको हो । कार हाँक्ने चालकलाई अधिकतम सुविस्ता प्रदान गर्नको लागि कोरोला क्रस एसयुभी नवीन टर्सन बीम सस्पेन्सनका साथ निर्माण भएको छ ।
यसैगरी डाइनामिक क्रुज नियन्त्रण, स्वचालित उच्च बीम लाइट, व्याक मनिटर, एबीएसकाका साथ ईबीडी, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, इमर्जेन्सी स्टप सिंगल यस कारका विशेषताहरु हुन् ।
रको भर्चुअल बिक्री शुभारम्भ समारोहलाई सम्बोधन गर्दै वैद्य अर्गनाइजेशन अफ इण्डष्ट्रिज एण्ड ट्रेडिङ्ग हाउसका अध्यक्ष सुरज वैद्यले भने, ‘टोयोटा कोराला क्रस एसयुभीलाई अहिलेको परिस्थितिअनुकूल हुने गरी भर्चुअल प्रविधिका साथ यहाँहरु समक्ष प्रस्तुत गरेका छौं । सम्पूर्ण नयाँ प्रविधिको यो कारले तपाईंहरुको जीवनमा एक नयाँ गति दिनेछ भन्ने विश्वास हामीले लिएका छौं । क्रस एसयुभी सेक्सनको नयाँ मोडेल हो, जुन तपाईंको चाहनाअनुकूल बनेर आएको छ ।
हाल नेपालमा कोरोला क्रस एसयुभी २ किसिमको उपलब्ध छ । जसअनुसार इन्ट्रि मोडलको बजार मुल्य एक करोड १२ लाख र हाई मोडलको एक करोड ३३ लाख कायम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण