सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मधेसको आकाशमा सेनाको हेलिकप्टर : कडा सुरक्षाबीच निर्वाचन

सोमबार, ०२ असोज २०७४, ०८ : ४४
सोमबार, ०२ असोज २०७४

जनकपुर - स्थानीय थहको तेस्रो चरणअन्तर्गत प्रदेश नम्बर २ मा मतदान प्रक्रिया जारी छ । बिहान सात बजेदेखि मतदान पक्रिया सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

सप्तरी, सर्लाही, धनुषा, महोत्तरीलगायतको क्षेत्रमा निकै कडा सुरक्षा व्यवस्थाबीच मतदान जारी छ । नेपाली सेनाको हेलिकप्टरले आकाशमा गस्ती गरी रहेका छन् । 

चुनावको पूर्व सन्ध्यामा धुनषाको केही क्षेत्रमा दलहरुबीच झडप र विवाद भएका थिए । निर्वाचनमा थप कुनै पनि अप्रिय घटना हुन नदिन नेपाली सेनाले हेलिकप्टरबाट गस्ती गरी रहेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप