डा.केसीको ज्यान जोखिममा परे त्यसको मूल्य सरकारलाई भारी पर्नेछः साझा पार्टी
काठमाडौं । २२ दिनदेखि अनसनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति साझा पार्टी चिन्ता प्रकट गरेको छ । साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले सोमबार एक विज्ञप्ति जारी गरी डा.केसीको स्वास्थ्य स्थितिप्रति गम्भीर चिन्ता प्रकट गरेका हुन् ।
विज्ञप्तिमा डा.केसीले १९औँ अनशनमा राखेका कुनचाहिँ माग नाजायज छन् भन्ने प्रश्न गर्दै सरकारलाई त्यसको व्याख्या गर्न आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छः डा.केसीले १९औँ अनशनमा राखेका कुनचाहिँ माग नाजायज छन् ? भने सरकारले आम जनतालाई व्याख्या गर्नुपऱ्यो। होइन भने विश्वमै विरलै भेटिने डा.केसी जस्ता गरिब र निमुखा नागरिकका लागि ज्यानै अर्पण गर्न तयार सत्याग्रहीको माग सरकारले पुरा गर्नुपर्यो।’
डा.केसीले २०६९ सालमा पहिलो अनशन सुरु गरेयताका सबैजसो मागहरू सत्तापक्ष र प्रतिपक्षले तथा देशको संविधानले अख्तियार गरेको समाजवादी सोचसँग मिल्दाजुल्दा रहेको जनाउँदै सो पार्टीले तर यिनै दलले पटक–पटक सरकारको नेतृत्व गर्दा पनि डा.केसी उस्तै माग राखेर फेरि फेरि अनसनमा बस्नुपर्ने स्थिति रहिरहनु विडम्बनाको विषय भएको जनाएको छ ।
वर्तमान सरकारले डा.केसीका मागप्रति बेवास्ता गर्दै वार्ता टोलीसमेत नबनाएको आरोप लगाउँदै विज्ञप्तिमा भनिएको छः ‘वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वमा भएको बेलामा मात्र उनी छ पटक अनशन बसिसकेका छन्। यस पटक अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दा समेत सरकारले क्रुर असंवेदनशीलता प्रकट गरिरहेको छ र वार्ता टोलीसम्म गठन गरेको छैन। “कुचोले बढार्नु पर्ने कसिङ्गर, हावाले उडाएर लैजाओस्” भनेझैँ रवैया प्रस्तुत गरिरहेको छ। के सरकारले डा केसीलाई मार्नै खोजेको हो ?’
सो पार्टीले २०७५ साउन १० गते केसीसँग अहिलेकै सरकारले गरेको सम्झौता कार्यान्वयन गराउने सार्वजनिक प्रतिवद्धता जाहेर गरेका प्रधानमन्त्रीलाई डा केसी तिनै मागहरूसहित पुनः अनशन बस्दा किन लज्जाबोध भइरहेको छैन भन्ने प्रश्न समेत गरेको छ ।
डा.केसीको जारी अनसनका सबै मागप्रति पूर्ण ऐक्यवद्धता प्रकट गर्दै साझा पार्टीले सरकारलाई दबाब दिन कैलालीदेखि झापासम्मका विभिन्न जिल्लामा २ सातायता दवावमूलक प्रदर्शन गर्दै आएको समेत स्मरण गराउँदै विज्ञप्तिमा भनिएको छः ‘सरकारी वेवास्ताले डा.केसीको ज्यान जोखिममा परे त्यसको मूल्य सरकारलाई भारी पर्नेमा हामी समयमै सचेत गराउन चाहन्छौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण