शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिविका प्राध्यापक चलाउनेमाथि निर्घात कुटपिट

मङ्गलबार, २० असोज २०७७, १७ : १७
मङ्गलबार, २० असोज २०७७

काठमाडौं । त्रिभुवन विश्विद्यालय समाजशास्त्र केद्रिय विभागका प्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण भएको छ । मंगलबार विश्वविद्यालय परिसरमा उनलाई ३ जना युवाले कुटपिट गरेका हुन् । मोटरसाइकलमा आएका ३ जनाले लाठीले हानेर घाइते बनाएर भागेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) सोमेन्द्रसिंह राठौरले रातोपाटीलाई बताए ।

उनको टाउकोमा गम्भिर चोट लागेको छ । चलाउनेको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।  चलाउनेलाई नेविसंघकाका कार्यकर्ताले केही दिनअघि धम्की दिएको बताइएको छ । आक्रमणबारे महानगरीय प्रहरी वृत किर्तिपुरले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप