शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कंगनाले पद्मश्री अवार्ड फिर्ता गर्ने बयानमा स्वरा भास्करको कटाक्षः ट्वीटरमा ‘अवार्ड फिर्ता गर’ ट्रेन्डमा

बिहीबार, २२ असोज २०७७, ०८ : २१
बिहीबार, २२ असोज २०७७

एम्सका डाक्टरले आफ्नो रिपोर्टमा सुशान्त सिंह राजपूतको हत्या भएको अस्विकार गर्दै उनले आत्महत्या गरेको जानकारी दिएका छन् । यस विषयमा सोसल मिडियामा पुनः बहस सुरु भएको छ । यसैबीच स्वरा भास्करले कंगनामाथि कटाक्ष गरेकी छिन् । यस्तै ट्वीटरमा #KanganaAwardWapasKar ट्रेन्ड भइरहेको छ ।

स्मरण रहोस्, कंगनाले केही दिन अघि अन्तरवार्तामा यदि उनी सुशातको मृत्युमाथि आफ्नो दाबी प्रमाणित गर्न फेल भएको अण्डमा उनी आफ्नो पद्मश्री अवार्ड फिर्ता गरिदिने बताएकी थिइन् । यतिमात्रै होइन, कंगनाले बलिउडको ‘नेपोटिजम ग्याङ्ग’ माथि मज्जाले निशाना साँधेकी छिन् र उनले सुशान्तलाई मारिएको बताएकी थिइन् ।

स्वराले के भनिन् ?

स्वराले कंगनाको नाम नलिइकनै उनीमाथि कटाक्ष गर्दै लेखेकी छिन्, ‘अब त दुबै सिबिआई र एम्सले निष्कर्ष निकालेका छन् कि सुशान्तको मृत्यु हत्या नभई आत्महत्याका कारण भएको हो  । कसैले सरकारले प्रदान गरेको पुरस्कार फिर्ता दिन्छु भनेका थिएनन् र ?’

मानिसहरुको प्रतिक्रियाः

यस्तै ट्वीटरमा पनि #KanganaAwardWapasKar ट्रेन्ड गरिरहेको छ । मानिसहरु यसमाथि आफ्नो धारणा व्यक्त गरिरहेका छन् भने कतिले यसमा मीम्स पनि सेयर गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप