मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियामा प्रदर्शन हुँदै आमा

बिहीबार, २२ असोज २०७७, १२ : ०९
बिहीबार, २२ असोज २०७७

काठमाडौं – गतबर्षको फागुनमा प्रदर्शित सुपरहिट फिल्म ‘आमा’ अष्ट्रेलियामा प्रदर्शन हुने भएको छ । फिल्म यहि २० र २१ अगष्टमा अष्ट्रेलियाको तासमानिया हलमा प्रदर्शन हुन लागेको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए ।

‘फिल्म अहिले अष्ट्रेलियामा प्रदर्शनमा आउन लागेको छ’ निर्देशक खनालले भने ‘अन्य धेरै देशमा पनि प्रदर्शनका लागि कुरा भइरहेको केही दिन भित्र फिक्स हुन्छ होला ।’
‘आमा’को अष्ट्रेलिया प्रदर्शन चाजोपाजो फिल्मका सहनिर्माता सन्तोष अधिकारीले मिलाएका हुन् । उनी यति बेला अष्ट्रेलियामै छन् ।

सामाजिक सुरक्षाको मापदण्डलाई आत्मसाथ गर्दै हलहरु सञ्चालन गर्ने निर्णय अष्ट्रेलिया सरकारले हालै गरेको थियो ।

विजयादशमीको छेको पारेर प्रदर्शन हुन लागेको ‘आमा’को लेखन पनि निर्देशक खनालले नै गरेका हुन् । आमा र छोरीबीचको भावनात्मक सम्बन्धको कथामा बनेको फिल्मको निर्माता शर्मिला पाण्डे हुन् ।

सुरक्षा पन्त र मिथिला शर्माको प्रमुख भूमिका रहेको फिल्ममा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुसाल, टीका पहारीलगायतका कलाकार अभिनय देख्न सकिन्छ ।

काठमाडौं र रामेछापमा खिचिएको फिल्ममा सुभाष भुषालको संगीत रहेको छ । निर्देशक दीपेन्द्र के खनाल ‘आमा’पछि फिल्म ‘चिसो मान्छे’ निर्माणमा जुटेका छन् । कोरोनाको कहर हट्ने बितिकै फिल्मको छायाँकन गर्ने उनको योजना रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप