नवनियुक्त सञ्चारमन्त्री पार्वत गुरुङले गरे पदभार ग्रहण
काठमाडौं । नवनियुक्त सूचना, सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङले पदभार ग्रहण गरेका छन् । बिहीबार अपरान्ह मन्त्री गुरुङले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै मन्त्री गुरुङले सञ्चार क्षेत्रलाई मर्यादित, व्यवस्थित र गरिमा बढाउन लागिपर्ने बताएका छन् । उनले पत्रकारिता क्षेत्रलाई प्रभावकारी बनाउन र सञ्चार क्षेत्रमा ब्याप्त रहेको नकारात्मक परिपाटीलार्ए अन्त्य गर्दै सकारात्मक परिपाटीको सुरुवात गर्न लागिपर्ने बताए ।
मन्त्री गुरुङले कर्मचारीबाट गलत ढंगबाट सूचना दिने र सल्लाह दिने कार्य गरिएमा त्यो स्वीकार्य नहुने बताउँदै गलत मनसाय राखेर सूचना तथा सल्लाह दिनेलाई पहिचान गरेर अघि बढिने बताए । उनले भने, अब कुनै पनि मन्त्रालयले सूचना लुकाएर बस्नु हुँदैन । पत्रकारको काम पत्रकारले गर्नुहोला तर वानडोर सिस्टमबाट सूचना लैजानुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण