विवेक ओबरोयको घरमा प्रहरीको छापा, थाहा पाउनुस् किन
बलिउड अभिनेता विवेक ओबरोयको मुम्बई घरस्थित बेंगलुरु प्रहरीले छापा मारेको छ । ड्रग्स केसमा विवेक ओबरोयका सालो आदित्या आल्वाको कथित रुपमा संलग्नताका कारण छापा मारिएको भारतीय सञ्चार माध्यमले बताएका छन् ।
भारतीय मिडियाले प्रहरीलाई उद्धृत गर्दै आदित्य अल्वा फरार भएको बताएको छ । प्रहरीले भनेको छ, ‘विवेक ओबरोय उनका आफन्त हुन् र हामीले आल्वासम्बन्धि केही जानकारी पाएका छौं । हामी यो मामिलामा अनुसन्धान गर्न चाहन्थ्यौं त्यसैले अदालतको वारेन्ट लिएर क्राइम ब्रान्चको टीम मुम्बईमा उनको घर गएको हो ।’
बेंगलुरुमा आदित्या आल्वाको घरमा पनि अनुसन्धान गरिएको छ । छापामारीको क्रममा बेंगलुरु पुलिसका दुई इन्सपेक्टर बिहिबार दिउँसो करिब एक बजे विवेक ओबरोयको घर पुगेको थियो । विवेक ओबरोयका सालो आदित्य आल्वा कर्नाटकका पूर्वमन्त्री जिवराज अल्वाका छोरा हुन् । आदित्य अल्वामाथि कन्नड फिल्म इन्डष्ट्रिलाई कथित रुपमा ड्रग सप्लाई गरेको आरोप छ । कन्नड फिल्म इन्डष्ट्रिलाई स्यान्डलवुडको नामले पनि चिनिन्छ ।
यो मामिलामा कन्नड कलाकार रागिनी द्विवेदी र संजना गलरानीसमेत १५ आरोपीलाई पक्राउ गरिसकिएको छ । अन्य आरोपीमा रेव पार्टीका आयोजक विरेन खन्ना र रियाल्टर राहुल थोंस पनि समावेश छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण