केन्द्रीय संस्करण

बिदा मनाउन हिँडेका ‘डच’ राजारानी विरोधपछि स्वदेश फिर्ता

person explore access_timeकात्तिक २, २०७७ chat_bubble_outline0

एजेन्सी । कोरोनाभाइरस महामारीका बेला बिदा मनाउन विदेश हिँडेका ‘डच’ राजपरिवारका सदस्यहरूप्रति लक्षित भई तीब्र विरोध भएपछि उनीहरू भोलिपल्ट नै स्वदेश फर्किएका छन् । नेदरल्याण्डमा कोभिड–१९ फैलिन नदिन सर्वसाधारणलाई घरमै बस्न अनुरोध गरिरहेका समय सरकारी विमानमा ग्रीसतिर बिदा मनाउन गएको भन्दै राजपरिवारको तीव्र आलोचना भएको थियो ।

राजा विलेम र रानी म्याक्सिमा शुक्रवार ग्रीसतिर गएका थिए तर विरोधपछि उनीहरू शनिवार साँझ नै स्वदेश फर्किएका हुन् ।  विदामा ग्रीस जान हिँडेको भएपनि आफूहरूले कुनै नियमको उल्लङ्घन नगरेको तर तीव्र आलोचनाबाट आफूहरू प्रभावित भएको राजा विलेम र रानी म्याक्सिले बताएका छन् ।

प्रधानमन्त्री मार्क रुटले राजा रानीलाई बिदामा जान सुझाब दिएको हुनसक्ने चर्चाहरूबीच यस विवादले उनीसमेत दबाबमा परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । दरबारको विज्ञप्तिमा भनिएको छ, “कोभिड–१९ भाइरस नियन्त्रणमा लिन निर्धारित निर्देशिका पालना हुनुपर्छ भन्नेबारे कुनै शङ्का छैन। हाम्रो बिदा मनाउने विषयमाथि भइरहेको बहसले त्यसलाई सहयोग पुर्याउँदैन ।”

विलेम एलेग्जेन्डर सन् २०१३ मा राजा बनेका थिए ।  नेदरल्यान्डको दैनिक राज्य सञ्चालन प्रक्रियामा डच राजपरिवारको कुनै औपचारिक भूमिका रहन्न । तर प्रधानमन्त्रीले नेतृत्व गरेको मन्त्रालय राजपरिवार के भन्छ र के गर्छ भन्नेबारे जिम्मेवार रहन्छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.