दशैंमा तीन दिन पिसिआर परीक्षण बन्द हुने
आइतबार, ०२ कात्तिक २०७७, २३ : २३
काठमाडौं । आगामी कार्तिक ९, १० र ११ गते पिसिआर परीक्षण नहुने भएको छ । बडादशैंको महानवमी, विजयादशमी र एकादशीका दिन कोरोना पिसिआर परीक्षण नहुने भएको हो । आइतबारको नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सो कुराको जानकारी दिएका छन् ।
उनले ती ३ दिन देशभार नयाँ पिसिआर परीक्षण हुँदै आएका प्रयोगशालमा पिसिआर परीक्षण नहुने बताए । ती दिनबाहेक अन्य समयमा पूर्ण रुपमा कोरोना परीक्षण हुने तथा सबै ल्याब पूर्ण रुपमा सञ्चालन गरिने निर्णय भएको डा. गौतमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
-
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक : सांसद न्यौपाने
-
वायु सेवा निगमको सञ्चालक समिति पदाधिकारी छनोट रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
नियन्त्रणमा लिइएका विद्युतीय सवारी साधनबारे छानबिन गर्न समिति गठन
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण