रामकृष्णको ‘अधर’ मा विष्णु र रोश्ना
सोमबार, ०३ कात्तिक २०७७, १४ : ४०
काठमाडौं । गायक रामकृष्ण ढकालको स्वर रहेको गीत ‘अधर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी (दुबसु) का शब्द रहेको गीतमा शिखर सन्तोषको संगीत रहेको छ ।
भिडियोमा विष्णु खरेल र रोश्ना कार्कीको अभिनय रहेको छ । रोश्ना बेलायतकी स्थापित मोडल हुन् । रोश्नाले बेलायतमै निर्मित आधा दर्जन भिडियोमा अभिनय गरिसकेकी छिन् भने बिष्णुको यो डेब्यु भिडियो हो ।
कुशल श्रेष्ठको निर्देशन, छायाँकन र सम्पादन रहेको भिडियोमा लण्डनका ट्राफलगर स्क्वायर, अक्सफोर्ड स्ट्रिट, ओटु एरिना लगायतका स्थानका दृश्य देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँ आए
-
डलर देखाएर ठगेको आरोपमा दुई जना पक्राउ
-
हैदराबादविरुद्धको खेलमा कोहलीको कीर्तिमान
-
उपेन्द्र यादवका लागि गलपासो बन्दै गौर घटना
-
टर्कीएका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत