शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लोकसेवा आयोगले कार्तिक १६ बाट लिने भनेका सबै परीक्षा स्थगित

सोमबार, ०३ कात्तिक २०७७, १४ : ४६
सोमबार, ०३ कात्तिक २०७७

काठमाडौं । चौतर्फी आलोचना र दवावपछि लोकसेवा आयोगले कार्तिक १६ गतेदेखि लिने तयारी गरेका सबै लिखित परीक्षा स्थगित गरेको छ।  सोमबार बसेको आयोगको बैठकले अर्को सूचना नआउन्जेलका लागि निजामती,  सुरक्षा निकाय र संगठित संस्थाका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । 

कोरोनाभाइरसका कारण परीक्षार्थीमा देखिएको भय र आयोगका कर्मचारी नै कोरोना संक्रमित भएर आइसोलेसनमा बसेकाले परीक्षा स्थगित गरेको आयोगको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप