केन्द्रीय संस्करण

सरकारी कार्यालय खुले, तर कर्मचारी छैनन्

person explore access_timeकात्तिक १३, २०७७ chat_bubble_outline0

बुधबारबाट सरकारी कार्यालय खुलेपनि कर्मचारीको उपस्थिति न्यून देखिएको छ । यो वर्षको दशैं विदा मंगलबारबाट सकिएको छ । बुधबारबाट सबै सरकारी कार्यालय खुली काम सुचारु हुनुपर्नेमा बिहीबारको दिन पनि कार्यालयहरु खाली देखिएका छन् । 

मुख्यगरी मुलुकको प्रमुख प्रशासनिक केन्द्र मानिने सिंहदरबाका मन्त्रालयहरु पनि सुनसान देखिएका छन् । यसका साथै सिंहदरबार वरिपरि रहेका विभिन्न मन्त्रालयका विभागहरु पनि खालि देखिएका छन् । 
कोरोना जोखिमकाबीच आफ्नो घर जन्मस्थान गएका कर्मचारी काठमाडौं फर्केसँगै जोखिम झनै बढेको छ । दशैं मनाएर फर्किएका कर्मचारी केही दिन क्वारेन्टाइनमा बसेर कार्यालय आउने वा सिधै कार्यालयमा आउने भन्ने बारे सरकारको स्पष्ट नीति निर्देशन नहुँदा पनि कर्मचारीहरु कार्यालय आउन अन्योल भएको देखिन्छ । यो वर्ष दशैं मनाउन काठमाडौं उपत्यकाबाट करिब ६ लाख मानिसहरु बाहिरिएका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.