आगामी वर्षबाट ट्राफिक व्यवस्थापनलाई प्रविधियुक्त बनाइन्छः गृहमन्त्री थापा
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि सडक सञ्जाल विस्तार लगायतका कामलाई सरकारले प्राथमिकता दिने बताएका छन् । उपत्यका लगायत देशका विभिन्न ठाउँमा हुने ट्राफिक जामलाई कम गर्न गुणस्तरीय सडक निर्माण, कालोपत्रे गर्ने र सडक सञ्जाल विस्तारलाई सरकारले प्रथमिकताका साथ अगाडी बढाउने उनले बताए ।
गृहमन्त्रालयमा भएको एक कार्यक्रममा मन्त्री थापाले ट्राफिक व्यवस्थापनका लागि सरकारले ऐन निर्माणको कामलाई पनि तदारुकताका साथ अगाडी बढाउने बताए । आगामी वर्षबाट ट्राफिक व्यवस्थापनलाई प्रविधियुक्त बनाउने कुरालाई पनि सरकारले ध्यान दिने उनले बताए ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ट्राफिक नियम थाहा भएर पनि पालना नगर्नेहरुका लागि कडा कानूनको आवश्यकता रहेको बताए । ट्राफिक नियम जानि जानि उलङ्घन गर्नेहरुमाथि हुने जरिवाना रकम बढाउनुपर्ने उल्लेख गर्दै उनले लाइसेन्स वितरणमा पनि कडाई गर्नुपर्ने बताए । लाइसेन्स वितरण गर्दा थोरै लापरवाही भएपनि सवारीहरु सडकमा हतियारको रुपमा प्रयोग हुन सक्ने चेतावनी उनले दिए ।
गृहमन्त्रालयमा भएको एक कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीम ढकालले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धि एकीकृत कार्ययोजना २०७७ प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण